टिकटकवाली अञ्जनाको म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । नयाँ म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ । यो गीतको शब्द तथा भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ । यस गीतमा स्वर गायिका रिज्योना कार्कीले दिएकी छिन् भने शब्द शङ्कर अधिकारी घायलले लेखेका हुन् ।

सङ्गीत लक्ष्मण पोखरेलको रहेको छ भने सङ्गीत संयोजन अशोक थापाले गरेका छन् ।

हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अञ्जना तामाङको अभिनय देख्न सकिन्छा। सोसल मिडियामा सक्रिय अञ्जनाले टिकटक र रिल्समा राम्रो पहुँच राख्दै मोडलिङसँगै तरकारी व्यवसाय पनि सञ्चालन गर्छिन। भिडियो निर्देशन र कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । छायाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन मनोज कार्कीको रहेको छ ।

यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई विशेष रूपमा चित्रण गरेको छ । आमाको जस्तो बुलाकी र पान बुट्टे सारी जस्ता सांस्कृतिक पहिरनको आकाङ्क्षा गीतमा व्यक्त गरिएको छ । म्युजिक भिडियो हाइटेक इन्टरटेन्मेन्ट र चोकस म्युजिकको सहकार्यमा निर्माण गरिएको हो । यसअघि हाइटेकले मिलन नेवार र जोहेब मानन्धरको स्वर रहेको कर्मा शाक्य र रुबिना थापाको जीवन्त अभिनय रहेको म्युजिक भिडियो ‘एक दि’ सार्वजनिक गरेको थियो, जुन चर्चित छ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *