महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छ : मानवीर राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलवार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठूलो भुमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अप्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताए ।

उनले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताए । उनले लिपुलेक क्षेत्रको बाटो (कर्णाली करिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको बताए । उनले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर करिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठूलो भुमिका छ । अति भरपर्दो हिसाबले नै जुनसुकै सरकार आउँदा आज होस्, हिजोको सरकार होस्, अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकार होस् । नेपाली सेनालाई अप्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको छ । नेपाली सेनालाई विवादित हुने काममा, विवादित गराउनुपर्छ भन्ने ध्येय उद्देश्य मेरो आफ्नो पनि छैन र हामी कसैको पनि छैन । लिपुलेक क्षेत्रको बाटो अरूतिर त बाटोको पनि आयो । सबै कुरा आयो । त्यो क्षेत्रको विकास निर्माण, बाटोको कुरा कता के पुग्यो भन्ने छ । त्यो करिडोर महाकाली करिडोर अहिले पनि रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको जिम्मामा छ । बजेटहरू प्रशस्तै नभएका कारण, हाम्रो मुलुकको अर्थतन्त्रको अवस्था, कमजोर अवस्था यी कारणले नै महाकाली करिडोरको जो सडकलाई छिटो भन्दा छिटो हाम्रो नेपालको भूभागतिर, नेपाली जनताहरू जहाँजहाँ हुनुहुन्छ, त्यहाँतिर पु¥याउने कुरा त्यो बाटो बनाउने कुरा ढिलो भएको हो । यसमा हाम्रो उच्च प्राथमिकता रहन्छ । सरकारले यो बाटो बनाउने कुरा करिडोर घोषणा गरेर नेपाली सेनाको जिम्मेवारीमा राखेको छ । यो क्रमशः अघि बढ्छ । नेपालको भूगोल जहाँ छ, जहाँ नेपाली जनता छन्, नेपाली जनताको घर छ, त्यहाँ सुविधा पु¥याउने, बाटो बनाउने कुरा हामीले प्रयास गरिरहेका छौँ । आगामी दिनमा बजेट पर्याप्त मागेर काम सम्पन्न गर्नेछौँ ।’

मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुयाउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *