ढकमक्क फुलेका सयपत्री (तस्बिरहरू)

काठमाडौं । तिहारका लागि सयपत्री फूलहरू ढकमक्क फुलिसकेका छन् । सयपत्री फूलहरू घर आँगन वरपर बगैँचाहरूमा ढकमक्क फुलेका देख्न सकिन्छ । जब सयपत्री फुल्छन् तब तिहार आएको अनुभव हुन थाल्छ ।

तिहारमा हरेक मानिसहरूको घर आँगनमा सयपत्री फुलहरूले छुट्टै सौन्दर्य दिएको हुन्छ । फुलहरू फुल्नाले घर र गाउँहरू सुन्दर देखिने गर्छ ।

सयपत्री फूलसँगै मानिसहरु फोटो खिच्ने भिडियो बनाउने गरि रमाउने गर्दछन् । धेरै मानिसहरूले फुल खेतीलाई व्यवसायको रुपमा पनि लिएका छन् ।

हिन्दु धर्म अनुसार दिदी बहिनीहरूले दाजुभाइलाई तिहारमा सयपत्री फुल र मखमली फुलको माला उनी पहिराइदिने गरिन्छ । तिहारको विशेष भाइटिकाको दिन सयपत्री फुल र मखमली फुलको प्रयोग हुन्छ ।

त्यस भन्दा अगाडि घर सजाउन र अन्य दिनहरूमा पनि पूजा पाठ गर्नको लागि प्रयोग गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *