हङकङ सिक्सेस खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । हङकङ क्रिकेट सिक्सेस २०२४ खेल्ने नेपाली टोली घोषणा गरिएको छ ।

सन्दीप जोराको कप्तानीमा आगामी नोभेम्बर १ देखि ३ सम्म आयोजना प्रतियोगिताका लागि टोली घोषणा भएको हो ।

टोलीमा कप्तान जोरासहित लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान छन् । यस्तै नारायण जोशी र दीपेन्द्र रावत पनि टिममा छन् ।

जोरा टोलीका प्रमुख ब्याटर हुन् भने लोकेश बम विकेट किपर ब्याटर हुन् । विवेक, प्रतिश, रासिद र नारायण अलराउण्डर हुन् । दीपेन्द्र स्पीनर हुन् ।

नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *