दिल्लीबाट आएको भिस्टाराको जहाजमाथि अनुसन्धान, बम राखेको हल्ला

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भारतीय जहाजमा बम राखिएको हल्ला फैलिएको छ ।

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भारतको भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको हो ।

जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए लगत्तै नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा अनुसन्धान गरिरहेको छ ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ को उक्त जहाजमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *