हवल्दारको मोबाइलमा किशोरीसँग अँगालो हालेको फोटो भेटियो

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका२ डिम्बरकी साढे १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोस्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ ।

गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात रहेको छ । किशोरी बेपत्ता गर्ने कार्यमा महाकाली प्रहरी चौकीका तत्कालीन इञ्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीको हात रहेको भन्दै उनीमाथि उजुरी परेको छ । हवलदार जोशीको मोबाइल फोनमा किशोरीसँग अँगालो हालेका तस्बिरसमेत भेटिएका छन् ।

बेपत्ता किशोरीका आफन्तले उजुरी दिएपछि उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । असोज २५ गतेदेखि नै प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीमाथि जिल्ला अदालतबाट दोस्रो पटक सात दिनका लागि म्याद थपेर अनुसन्धान जारी राखिएको हो ।

बेपत्ता किशोरीसँग निलम्बित प्रहरी हवल्दार जोशीको निकटको सम्बन्ध रहेको र उनले नै बेपत्ता पारेको किशोरीका आफन्तले आरोप लगाएका छन् । किशोरी बेपत्ता भएकै दिन स्थानीयहरूले जोशीलाई दाम्लोले बाँधेर कुटपिट समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *