व्यवसायी खेम सिंंह बेपत्ता, महाकाली किनारमा भेटियो कपडा

काठमाडौं । डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन् । परशुराम नगरपालिका-५ परीगाउँका व्यवसायी अन्दाजी ५३ वर्षीय खेम सिंंह प्वाली सोमबार बिहानबाट बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरी जनाएको छ ।

उनले नदीमा हामफालेको आशंका रहेकाले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य तिव्र पारेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *