प्रेस विज्ञप्ति

कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा

काठमाडौँ । कुमारी बैंकले आउँदो तिहार तथा छठ पर्वका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्व सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो ।

भाई टिका तथा किजा पूजाको दिनमा मोबाइल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रु। ५० क्यासब्याक प्रदान गरिने छ भने अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको जानकारी दिएको छ ।

यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरूमा चाडबाडहरूमा हुने वित्तीय कारोबारहरू विद्युतीय भुक्तानीका माध्यमहरूबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *