प्रेस विज्ञप्ति

टाटाको ‘टियागो.इभी धनतेरस एक्सचेन्ज धमाका’ : हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो

काठमाडौँ । नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरि रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उल्लेखित अफरहरू धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ ।

टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *