प्रेस विज्ञप्ति

ग्लोबल बैंकले आईसीआईसीआई बैंक क्यानडासंग बैंकिङ्ग सेवासम्बन्धी सहकार्य गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानडा बीच विभिन्न बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानडाका व्यवसाय प्रमुख हिमादर मड्पित्लाले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानडाको विभिन्न बैंकिङ्ग सेवा उपभोग गर्न तथा क्यानडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

आईसीआईसीआई बैंक क्यानडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आईसीआईसीआई बैंक क्यानडाले क्यानडा बैंकिङ्ग ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारोबार गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *