प्रदेश सरकारले पुनःनिर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड जम्मा गर्ने भएको छ । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षाका कारण भएको क्षतिको पुनःनिर्माण र मर्मतसम्भार गर्न उक्त कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरुको १० दिनको तलब जम्मा गर्ने,सांसदहरुलाई सम्बन्धित दलमार्फत सहयोगको आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई सहयोगको आह्वान गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

बाढीपहिरोका कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर रु चार अर्ब बढीको क्षति भएको छ । क्षतिग्रस्त संरचनालाई दीर्घकालीन र तत्काल दुई वर्गमा वर्गीकरण गरी पुनःनिर्माण र मर्मतसम्भार गर्ने सरकारको तयारी छ ।

त्यस्तै प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययीतासम्बन्धी दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *