बायर्नमाथि बार्सिलोनाको रवाफ, स्पार्टाको पोस्टमा सिटीको ५ गोल

काठमाडौँ । बार्सिलोनाले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए । बायर्न म्युनिखका लागि एक गोल ह्यारी केनले गरेका थिए ।

अर्को खेलमा म्यानचेस्टर सिटीले चेक रिपब्लिकको क्लब स्पार्ट प्राहलाई ५-० गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन, जोन स्टोन्स र म्याथ्युज नुनेजले एक एक गोल गरेका थिए ।

यस्तै लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले जर्मनी क्लब आरबी लेइपजिंगलाई १-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा खेलको २७औं मिनेटमा डर्विन नुनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *