मीनभवनमा निर्माणाधीन घरको चार तलाबाट खसेर भुजेलको मृत्यु

काठमाडौं । काठमाडौँको मीनभवनमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका– ३ का ४२ वर्षीय दिलबहादुर भुजेल रहेका प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा स्थानीय भिटु श्रेष्ठको निर्माणाधीन घरको चौथो तलाबाट आज बिहान साढे सात बजे खस्दा उनको मृत्यु भएको एसपी नवराज अधिकारीले जानकारी दिए । घर निर्माणको काम गरिरहेका बेला चिप्लिएर खस्दा भुजेलको मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भुजेलको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी अधिकारीले जानकारी दिए । मृतक भुजेलको शव हाल सिभिल अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *