रास्वपाले भन्यो- फैसला जस्तो आए पनि स्वीकार गर्छौं, छानीछानी डीएसपी र सिडिओ किन पठाएको ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भएको बताएको छ । रास्वपाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको बताए । ‘न्यायालयले जस्तो फैसला सुनाए पनि विमति राख्नुपर्ने अवस्था आए पनि स्वीकार गर्छौँ,’ उनले भने, ‘कार्यपालिकाको प्रतिनिधिमाथि प्रश्न उठाएका हौँ । छानीछानी डीएसपी र सीडीओ पठाउने काम भएको छ ।’

उपसभापति डा. वाग्लेले लामिछानेलाई पोखरा ल्याएर थुनामा राखेको १२५ घण्टामा ४-५ घण्टामात्रै बयान लिनु नै राजनीतिक प्रतिशोध पुष्टि भएको बताए । ‘हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा ? देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो,’ उनले भने, ‘१२५ घण्टामा ४-५ घण्टामात्रै बयान भएको छ । कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ ।’

पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको समेत बताए । ‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले भने, ‘राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *