एमालेले पाएको जग्गा विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गा विवादमा परेको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा आज न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइ तोकिएको छ ।

गुरुङले गत असोजमा कीर्तिपुरको १० रोपनी १४ आना जग्गा दान गरेका थिए, जसमा प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा भवनको शिलान्याससमेत गरेका थिए । अधिवक्ता बस्नेतले यस कार्यलाई भ्रष्टाचार भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा मुलुकको कार्यकारी पदमा बसेर विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिने कार्यलाई अस्वीकार्य भनिएको छ । यसअघि, सर्वोच्च अदालतको रजिस्ट्रारले रिटलाई दरपिठ गरेको थियो, तर इजलासले सो आदेशलाई बदर गर्दै रिट दर्ता गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *