लुम्बिनीका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बिहीवार बिहान बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् ।

बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानून मन्त्रीको शपथ लिए ।

नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली काँग्रेस र अग्रवाल अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य छन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, काँग्रेसका पाँच र जसपाका एक जना गरी ११ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *