एनसेल फाउण्डेशनको ‘नाइन्टिन फर नाइन्टिन’परियोजना : सामाजिक काममा २ करोड खर्चने

काठमाडौं । स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउण्डेशनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ ।

एनसेलको १९ औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ परियोजना अन्तर्गत समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउण्डेशनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन भनेको छ ।

गतवर्ष १८औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरु प्रदेश स्तरमा सञ्चालनमा रहेका छन् । यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउण्डेशन स्थानिय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गरेको एनसेल फाउण्डेशनले जनाएको छ । यस परियोजना अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा काम गरिनेछ ।

‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई रु १० लाख अनुदान प्रदान गरिनेछ ।

यस परियोजनाका लागि कुल योगदान रु १ करोड ९० लाखको हुनेछ । एनसेल फाउण्डेशनले गैर–नाफामूलक स्थानिय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेकोर हो ।

परियोजना दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्न निकै महत्वपूर्ण हुने छ । एनसेल फाउण्डेशनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिनेछ ।

“एनसेल फाउण्डेशनमा हामी अर्थपूर्ण परियोजना मार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं । हामी सामुदाय स्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं,”एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्,“नाइन्टिन फर नाइन्टिन पहल मार्फत, हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथदिने हाम्रा समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरु कार्यन्वयन गर्न प्रतिबद्घ छौ । यो पहलले स्थानीय स्तरमा महत्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौं ।”

गतवर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ । यस वर्षका परियोजनाहरुले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उद्धेश्यहरु हाँसिल गर्न योगदान पुर्‍याउने फाउण्डेशनको अपेक्षा  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *