ट्याक्टरले हान्दा २७ वर्षीय बाइक चालकको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-५ डोकेबजार स्थित पुर्व पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१-०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१-००२ त ६१८७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा बिहीवार दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-१० बस्ने २७ वर्षीय सुशिल बिक गम्भिर घाईते भएका थिए।

घाईते बिकको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा बिहीवारनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक लम्की चुहा नगरपालिका-४ बलिया बस्ने ३७ वर्षीय राताराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *