उदीयमान अर्थतन्त्रका लागि ब्रिक्स महत्वपूर्ण संयन्त्र : विज्ञहरू

काठमाडौं । रुसको कजानमा शुरु भएको १६ औँ ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ । गत मंगलवारदेखि बिहीवारसम्म चलेको सम्मेलन सम्पन्न भएको हो ।

ब्रिक्स संयन्त्र उदीयमान अर्थतन्त्रहरू एकजुट रहन र विश्वव्यापी व्यापारमा सजिलो पहुँच प्राप्त गर्नको लागि महत्वपूर्ण प्लेटफर्म भएको केही जाम्बियाका विज्ञहरूले बताए । अन्वेषक र जाम्बियाको अन्तर्राष्ट्रिय सम्बन्ध संघका वरिष्ठ सदस्य मवाका चिकोयेले ब्रिक्स साझा चासो भएका देशहरूका लागि विशेष गरी बढ्दो व्यापार संरक्षणवादको बीचमा मूल्यवान रहेको बताए ।

उनले ग्लोवल साउथको बढ्दो प्रभावले विश्वव्यापीकरणको एजेण्डामा महत्वपूर्ण भुमिका खेलेको र विश्व बजारमा प्रमुख खेलाडीको रूपमा आफ्नो क्षमतालाई हाइलाइट गर्ने बताए । चिकोयेका अनुसार ब्रिक्सले निष्पक्षतालाई बढावा दिन्छ । सबै राष्ट्रहरूले आकार वा आर्थिक स्थितिलाई ध्यान नदिई विश्वव्यापीकरणमा अर्थपूर्ण रूपमा योगदान गर्न सक्छन् भन्ने धारणालाई बढावा दिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *