प्रदर्शनकारीको नारा– ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माईतीघरमा बिरोध प्रदर्शन गरेको छ ।

शुक्रवार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरुसम्म सहभागी बनेका थिए ।

सभापति लामिछानेमाथि सहकारी गठी र सम्पती शुद्धिकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ । आजदेखि काठमाडौंमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरुले बताएका छन् ।

उनीहरुले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकार बिरोधी नारा लगाइ बिरोध जनाएका हुन् । प्रदर्शनमा सहभागी रास्वपाका नेता–कार्यकर्ताले सरकारविरोधी नारा लगाएका छन् ।

उनीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’,‘राजनीतिक प्रतिशोधको खेल बन्द गर’,‘फासिस्ट सरकार मुर्दावाद’, ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लेखिएका पर्चा–पम्प्लेट बोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *