सूर्यदर्शन सहकारी ठगेको आरोपमा तनहुँका खनाल पक्राउ

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सिआईबीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

उनी काठमाडौँको पानी पोखरीबाट पक्राउ परेका हुन् । उनलाई आजै कास्की पठाइएको छ ।

खनाल तनहुँको बगालेफाँटका स्थानीयवासी हुन् । पक्राउ परेका खनाल जिबी राईको कम्पनीका लगानीकर्ता समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *