रास्वपाले कानूनलाई हातमा लियो,कानूनी शासनको धज्जी उडायो : महेश बर्तौला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सांसद तथा प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतलाई प्रभावित पार्ने काम गरिरहेको बताएका छन् ।

‘संसदको चौथो ठूलो दल रास्वपाले कानूनलाई हातमा लिएर कानूनी शासनको धज्जी उडाउने काम गरिरहेको छ,प्रमुख सचेतक बर्तौलाले मकालुखबरसंग भने,रास्वपाको हुलहुज्जत स्वीकार्य हुँदैन ।’

जो कोही पनि अनुसन्धानको दायरामा आउनसक्ने चर्चा गर्दै रास्वपाले कानूनभन्दा माथि कोही पनि हुँदैन भन्ने हेक्का राख्नुपर्ने बर्तौलाले बताए । रास्वपाले अनुसन्धानमा सघाउनुपर्नेमा उनले जोड दिए ।

राजनीतिक प्रतिशोधमा लामिछानेलाई नसमातिएको उनले बताए  । आम जनताको अनुसन्धान कानून बमोजिम हुने तर, रवि लामिछाने जोडिएको विषय कसरी राजनीतिक प्रतिशोध हुन्छ ? भन्दै उनले प्रश्न समेत गरे ।

सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा पार्टी कार्यालयबाटै पक्राउ परेका पूर्व गृहमन्त्री लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनी पक्राउ परेपछि रास्वपा आन्दोलित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *