गठबन्धनको संयुक्त धारणा– सडकबाट सरकारको विकल्प नखोज

काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध ७ दलले संयुक्त धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सात बुँदे लिखित साझा धारणा सार्वजनिक गरेको हो ।

सत्ता गठबन्धनले कुनै पनि समस्याको लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै अराजकतालाई प्रोत्साहन नगर्न आग्रह गरेको छ ।

राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने तथा सुशासन र विकासको नेपाली जनताको आकाङ्क्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरूपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरू उचित नभएको सत्ता गठबन्धनले बताएको छ ।

‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

साथै बैठकले ओली नेतृत्व सरकारको सय दिनको समीक्षा गर्दै अहिलेसम्मका कामको समर्थन गरेको छ ।

सत्ता गठबन्धनले मुलुकलाई आर्थिक सङ्कटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन वर्तमान सरकारले महत्त्वपूर्ण कदम अघि बढाएको निष्कर्ष निकालेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *