राजेन्द्र महतोको पार्टी आयोगमा दर्ता,चुनाव चिन्ह ‘माछा’

काठमाडौं । राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार महतोले आयोगमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दल आयोगमा दर्ता गराएका हुन् ।

पार्टी केन्द्रीय कार्यसमिति १७३ सदस्यीय रहेको छ । पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् । यस्तै पार्टीको चुनाव चिन्ह ‘माछा’ रहेको छ ।

अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *