रास्वपाले आन्दोलन जारी राख्ने,भोलीको बैठकले थप निर्णय गर्ने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलन जारी नै रहेको जनाएको छ । शुक्रवार बसेको पार्टीको अनौपचारिक बैठकले आन्दोलन जारी नै रहेको  जनाएको हो ।

यसैगरी भोली दिउँसो १ बजे पार्टीको औपचारिक बैठक बसेर आन्दोलनका कार्यक्रमको स्वरुपबारे थप निर्णय गरिने कार्यबाहक प्रवक्ता मनिष झाले मकालुखबरलाई बताए ।

उनले भने,‘हाम्रो आन्दोलन जारी छ। समाचारमा आएजस्तो आन्दोलन स्थगित भएको छैन । गलत समाचारको पछि नलाग्न आग्रह गर्दछु ।’

सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने गत कार्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

सभापति लामिछाने पक्राउ परेपछि अहिले रास्वपा आन्दोलित छ । सरकारले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपा आन्दोलनमा उत्रिएको हो । लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *