नेपालमा दाना चक्रबातको प्रभाव, यी स्थानमा वर्षा

काठमाडौं । देशका पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

विभागले दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव समेत रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *