सरकारविरुद्ध सडकमा निस्कियो माओवादी (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौँमा खबरदारी जुलुस निकालेको छ ।

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस निकालिएको हो ।

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनी मार्गमा पुगेर खबरदारी सभामा परिणत भयो । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले सम्बोधन गरे ।

माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित आज प्रदर्शन र खबरदारी सभा आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *