जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् ।

उनले स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ठ प्रमाणहरु नेपालसँग रहेको बताए ।

उनले जलवायु परिवर्तनका कारण खानेपानीका श्रोतहरु सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको बताए ।

उनले भने– ‘स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक छ । जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ठ प्रमाणहरु छन् । जस्तै खानेपानीका श्रोतहरु सुकिरहेको अवस्था छ । कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको छ । बाढी, पहिरो लगायतका जलवायुजन्य विपत्तिहरुले निरन्तर पु¥याइरहेको क्षतिका बारेमा विभिन्न जिल्लाहरुबाट आउनुभएका जनप्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मीहरुलाई थाहा नै छ ।’

मन्त्री ठकुरीले खेतीपाती र खाद्य सुरक्षा, पानीको श्रोत, पर्यटन र स्वास्थ्य लगायत समग्र अर्थतन्त्रमा जलवायु परिवर्तनका दुष्परिणामहरु देखिएको बताए ।

जलवायु परिवर्तनबाट परेका असरहरुको समाधानका लागि एकीकृत भइ सबैले सहकार्य गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *