विधिको शासन कायम गर्दा बिरोध गर्ने परिपाटी राम्रो होइन : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिको शासन कायम गर्ने क्रममा कानूनी प्रक्रिया अघि बढाउँदा बिरोध गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनको कुरा गर्ने अनि गलत काम गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ गर्नु हुँदैन भन्ने काम गरेको बताए ।

उनले नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले विधिको शासन कायम गर्ने क्रममा प्रतिरोध गरेको भन्दै आपत्ति जनाए ।

उनले सरकार विधिको शासन कामय गर्न अघि बढ्ने बताए । उनले सरकारले सय दिनमा राखेको लक्ष्य पूरा गरेको पनि बताए । उनले विपक्षले उठाएका आवाजहरु तर्कसंगत नरहेको जिकिर गरे ।

उनले भने– ‘सरकारको यो सय दिनमा हरेक मन्त्रालयले राखेको टार्गेट प्रगति कति भएको छ भन्नेकुरा त घाम जस्तै छर्लङ्गै छ । टार्गेट गरेअनुसारको काम हरेक मन्त्रालयले अघि बढाइरहेको छ । अझ राम्रो गर्नका लागि अहिले हामी अघि बढिरहेका छौँ । विपक्षले जुन आवाज उठाइराख्नुभएको छ, यो कतिको तर्कसंगत छ ? भन्नेकुरा जनताले नै लेखाजोखा गर्छन् । डेमोक्रेटिक सिस्टममा अपोजिसनहरुले पनि त के हो भने बोल्न पाउने अधिकार छ । त्यसमा रोकतोक छैन । सरकार आफ्नो गतिअनुसार अघि बढिरहेको छ । विधिको शासन कायम गर्नको लागि कानूनले कारबाही गर्न प्रक्रियामा अघि बढाउँदा यो ठिक भएन भन्छ । अरुलाई ठिक रे विधिको शासन । आफूलाई परेपछि हुँदैन भनेर कहाँबाट हुन्छ ? सरकार विधिको शासन कामय गर्न अघि बढ्छ । आवश्यकताको आधारमा सबैलाई समावेश गरेर संविधान संशोधन हुन्छ ।’

उनले लोकतान्त्रिक प्रणालीमा विपक्षीले बोल्न पाउने अधिकार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *