सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले काम गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आन्दोलनको इतिहास बोकेका एमाले र कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरे ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उनले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरे ।

उनले भने– ‘हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीबाट तड्पिन दिँदैनौँ । जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *