एमबाप्पेको निराशाजनक पहिलो एल क्लासिको

काठमाडौं । रोबर्ट लेवनडोस्कीले तीन मिनेटको अन्तरमा गरेको दुई गोलमा बार्सिलोनाले स्पेनी ला लिगमा शनिबार रियल म्याड्रिडलाई ४-० ले हराएको छ । एल क्लासिकोमा प्राप्त यस प्रभावशाली जितपछि बार्सिलोनाले लिग तालिकाको शीर्षमा ६ अंकको अग्रता लिएको छ ।

अब बार्सिलोनाको ११ खेलबाट ३० अंक छ भने रियल समान खेलबाट २४ अंकमा दोस्रो स्थानमा छ । रियलले बर्नाबाउमा भएको खेलमा ४३ खेलको अपराजित यात्रा कायम राख्ने उद्देश्य राखेको थियो । तर दोस्रो हाफमा बार्सिलोनाको सनसनीपूर्ण खेल अगाडि त्यो कायम रहेन ।

लेवनडोस्कीले ५४ र ५६ औं मिनेटमा दुई गोल गरे । त्यसपछि लामिन यामलले ७७ र राफिन्हाले ८४ औं मिनेटमा गोल गरे । बार्सिलोनाको यो प्रदर्शनपछि लिग उपाधि होडमा उसको पकड पनि बलियो भएको छ ।

एमबाप्पेको निराशाजनक पहिलो क्लासिको
ग्रीष्ममा रियल मड्रिडमा आवद्ध भएका केलियन एमबाप्पेले यसअघि पेरिस सेन्ट जर्मेनमा बार्सिलोनासँग सामना गरेका थिए । उनले फेब्रुअरी २०२१ मा च्याम्पियन्स लिगको नोउ क्याम्पमा ४-१ को जितमा उनीहरूविरुद्ध ह्याट्रिक गरेका थिए । तर उसले यो खेलमा त्यो प्रदर्शनलाई दोहोर्याउन सकेन ।

आफ्नो असाधारण क्षमताका बाबजुद एमबाप्पेले स्पेनमा जीवनको सुस्त सुरुवात गरेका छन् । उनले ला लिगामा अहिलेसम्म ६ गोल गरेका छन् । उनले आफ्नो पहिलो तीन लिग खेलमा गोल गर्न सकेनन् । तर एमबाप्पे पीक फार्मको लागि संघर्ष गर्न एक्लै छैनन्, जुड बेलिङ्घम पनि उस्तै लयमा छन् ।

इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बेलिङ्घमले गत सिजनको ला लिगा सिजनमा सनसनीपूर्ण १९ लिग गोल गरेका थिए, तर हाल उनले अझै राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *