एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यो दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *