प्रेस विज्ञप्ति

एनआईसी क्यापिटलद्वारा लगानीकर्ता सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२४ को अवसरमा विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध व्यक्तित्वहरू र सर्वसाधारणहरूलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अमरगडी–५, डडेल्धुरामा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम मिति २०८१ साल कार्तिक ९ गते शुक्रवार सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचिकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरू लगायत समग्र पुँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्क लिमिटेडका अधिकारी किशोर भट्टले समेत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरू र उक्त सेवा के कसरी सुरक्षित रुपमा लिन सकिन्छ भन्ने लगायत पछिल्लो समय कारोबार भएका शेयर राफसाफ गर्दा आएको समस्याहरूको सम्बन्धमा जानकारी गरिएका थिए ।

पहिलो चरणमा बिहान ११ः४५ बजेदेखि दिनको १ः१५ बजेसम्म विद्यार्थीहरूको लागि गरिएको उक्त कार्यक्रममा ५५ जना भन्दा बढी युवा विद्यार्थीहरूको सहभागिता थिए ।

दोस्रो चरणमा ३ः०० बजेदेखि ४ः४५ बजेसम्म विभिन्न पेसामा आबद्ध व्यक्तित्वहरू र सर्वसाधारणहरू ७५ जना भन्दा बढी सहभागिता थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *