मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार छ : मन्त्री साह

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा मन्त्रालयले सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री साहले बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रीपरिषदमा पेस गरिएको पनि बताए ।

उनले हिंसा पीडित महिलाहरूका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंगला साहना दीर्घकालीन पुनः स्थापना गृह निर्माण कार्य पनि छिट्टै सुरु गर्ने बताए । करिब ३० करोड लागतमा सो गृहको निर्माण कार्य सुरु हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्री साहले भने ‘बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रीपरिषदमा पेस गरिएको छ । मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयारीका लागि मन्त्रालय स्तरीय समिति गठन भई मस्यौदा तयार भएको छ । महिला उत्थान परियोजनामार्फत निर्माण हुने मंगला साहना दीर्घकालीन पुनः स्थापना गृहको जग्गा विवाद सूर्य विनायक नगरपालिकाको समन्वयमा समाधान गरिएको छ । अब छिट्टै करिब ३० करोड लागतमा लैगिक हिंसा पीडितहरूको आश्रय तथा सेवाको लागि पुनस्थापना केन्द्र निर्माण हुनेछ ।’

मन्त्री साहले सडक बालबालिकाहरूको व्यवस्थापनमा पनि सरकारले उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *