साफ महिला च्याम्पियनसिप

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा,नेपाल र भारतबीचको विजेतासँग भिड्ने

काठमाडौं । बंगलादेश नेपलमा जारी साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७/१ गोल अन्तरले हराउँदै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

सन् २०१६ मा पहिलो पटक फाइनल पुग्दा भारतसँग पराजित भएको बंगलादेशले २०२२ मा काठमाडौं भएको साफमा नेपाललाई हराएर उपाधि जितेको थियो ।

बंगलादेशले अब फाइनलमा नेपाल र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आजै साढे ६ बजे हुनेछ । बंगलादेशको जीतमा तोहुरा खातुनले ह्याट्रिक गरिन् ।

पहिलो हाफमा तोहुरा र कप्तान सबिना खातुनले दुई/दुई गोल गर्दा रितु पोर्ना चक्माले एक गोल गरेकी थिइन् । तोहुराले दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् । पहिलो हाफमा भुटानले पनि एक गोल फर्कायो । ४१ औं मिनेट भुटानकी फरवार्ड देकी लाजोमले गोल गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *