एन्जाइटी र डिप्रेसनमा के छ फरक ? कसरी गर्ने उपचार ?

नेपालमा मानसिक रोग भन्नासाथ मानसिक सन्तुलन गुमाएको अर्थमा लिइन्छ । यद्यपि मानसिक रोगका अनेक रूप हुन्छन् । नेपालमा विभिन्न कारणले युवादेखि बृद्धवृद्धासम्मलाई मानसिक रोगले सताइरहेको छ । मानसिक रोग बारे नकारात्मक बुझाइले पीडितलाई झनै पिडा दिइरहेको पाइन्छ । उसो त, सरकारले पनि मानसिक रोगबारे सचेतनाका कार्यक्रम नगरेको होइन, तर कार्यक्रमको प्रभावकारिता भने खासै देखिँदैन । खासमा, मानसिक समस्या के हो ? यो रोग किन बढ्दै छ ? यसको उपचार के छ ? प्रस्तुत छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक विभाग प्रमुख डा. निदेश सापकोटासँग मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :-

मानसिक रोग भन्नाले के बुझिन्छ ?
मानसिक रोग त्यो व्यक्तिलाई लागेको मानिन्छ, जसको स्वभावमा पहिलेको स्वभावमा केही न केही परिवर्तन आउँछ, जसले गर्दा उसको मन स्वास्थ्य हुँदैन, उसको सोच्ने व्यवहारमा स्वस्थता आउँदैन र उसले के काम गर्नु पर्ने ? के कर्तव्य हो ? त्यो कुरा हेक्का नभई उसको मन, भावना, थट, इमोसन, एक्सन, भावना, सोचाइ र बिचारमा सन्तुलन नमिल्नु हो । मानिसको भावना परिवर्तन भयो, सोचाइ परिवर्तन भयो, विचारमा नकारात्मक परिवर्तन भयो भने मनको सन्तुलन बढाउँदैन । जसले गर्दा त्यो व्यक्तिलाई आफ्नो जीवन यापन गर्न पनि कठिन हुन्छ र उसलाई पनि कष्ट त हुन्छ नै, साथै परिवारका सदस्यहरूलाई पनि कठिन र कष्ट हुने हुनाले यस्तो खालको समस्याहरूलाई मानसिक रोग भनिन्छ वा मानसिक रोग भएको भन्ने बुझिन्छ ।

मानसिक रोग भित्र पनि एन्जाइटि र डिप्रेसन हुन्छ । यो दुई बिच के फरक छ ? र कसरी थाहा पाउने ?
मानसिक रोग म जहिले पनि मेरो विद्यार्थीहरूलाई पढाउने बेलामा मानसिक रोग कम्तीमा पनि चार सय भन्दा धेरै प्रकारको मानसिक रोगहरू हुन्छ भन्ने गर्छु । विभिन्न धेरै रोगहरूको नामहरू छ । तर मूलतः उदासीपन भनेको डिप्रेसन, मनोत्रास भनेको एन्जाइटि भयो । र कुनै पनि कुराले अप्राकृतिक तरिकाले अप्रसन्न तरिकाले डर लाग्ने फोविया इर्यास्नल भन्छौँ त्यो डराउनु पर्दैन त्यो डर लाग्ने कुनै पनि तनाव (स्ट्रेस) व्यवस्थापन हुन नसकेर लाग्ने विभिन्न खालका लक्षणहरू हुन्छन् । मूलतः हामीले प्राय जसो हेर्ने गरेको डिप्रेसन अथवा उदासीपन, र मनको त्राससँग सम्बन्धित एन्जाइटिसँग सम्बन्धित रोग हरू धेरै हेरिन्छ ।

डिप्रेसन भनेको के हो ?
डिप्रेसनमा मन खिन्न हुने, दिक्क लाग्ने, शरीर कमजोर हुने, केहिकाम गर्दा चाँडो चाँडो थाक्ने, काममा ध्यान नजाने निन्द्रा नलाग्ने, खाना नरुच्ने, तौल कम हुँदै जाने वा कुनै कुरामा ध्यान केन्द्रित नहुने, कामका केन्द्रित नहुने र नकारात्मक सोचहरू दिमागमा हानी भयो भने यसलाई डिप्रेसन अथवा उदासी पनको रोग भनिन्छ । यो रोग महिलाहरूमा धेरै देखिन्छ । डिप्रेसन समयमै उपचार गर्नुपर्छ । डिप्रेसनको उपचार गरिएन भने त्यही कुराले गर्दा धेरै जसो व्यक्तिहरूले आत्महत्या गर्ने डिप्रेसनकै कारणले हुन्छ । आत्महत्याबाट जोगाउन डिप्रेसनको उपचार गर्नुपर्छ । एउटा उपचारको लागि औषधिहरू दिन्छन् र अर्को साइकोलोजिकल काउन्सीलीङ, साइको थेरपीहरु पनि हुन्छ । र आफ्नो दैनिकी व्यवस्थापन गर्नुपर्छ ।

एन्जाइटि भनेको के हो ?
एन्जाइटि भनेको एक प्रकारको यस्तो मनोत्रास हो, यस्तो डर हो की म केको लागि डराई रहेको छु ? किन डराइरहेको छु ? भन्ने थाहा नै हुँदैन । त्यो एन्जाइटी भित्र पनि एउटा प्यानिक याटेकको उल्लेख गर्न चाहन्छु । प्यानिक याटेक भनेको कस्तो हुन्छ भने, मुटु ढुकढुक गर्ने सास फेर्न गाह्रो हुने, शरीर थरथर काम्ने, पसिना आउने अब मलाई हटट्याक हुन्छ की भनेको जस्तो हुने, बेहोस पो भई हाल्छु की, लडी पो हाल्छु कि भने झैँ हुने हुन्छ । यस्तो अवस्था क्षणिक समयलाई रहन्छ, त्यस पछि फेरि कम हुन सक्छ र त्यसपछि फेरि त्यस्तो अट्याक आउला कि फेरि त्यही पो होला कि भन्ने डरले मनोत्रासले सताइ रहन्छ यो एन्जाइटि भित्र भएको प्यानिक डिसअडर हो । एन्जाइटि भनेको त एउटा छाता जस्तो हो । त्यो भित्र धेरै कुराहरू आउँछन् एन्जाइटि भनेको मनोत्रास हो । मनको त्रास के–के कारणले हुन्छ भन्दा एउटा प्यानिक डिसअडरले हुन्छ । अर्को फेविया यो भनेको कुनै कुराको प्रसन्न विना अकोपेसिब जुन एक्सप्लेन नै गर्न नसक्ने गरी डर लाग्छ । उदाहरणको लागि कोही व्यक्ति अँध्यारो कोठामा अथवा बन्द कोठामा एक छिन पनि बस्न सक्दैन भने त्यसलाई क्लोज डिस्टेनमा बस्न नसक्ने फोविया हुन्छ । त्यस्तो तपाईँ हामी आनन्दले बस्न सक्छौँ र अरूलाई किन बसिँदैन भन्ने लागिहाल्छ । त्यो त्यस्तो रोगहरू पनि धेरै आउने गर्नुहुन्छ ।

एन्जाइटि रोग हो वा के हो ? यो किन हुन्छ ?
एन्जाइटि भनेको एक प्रकारको मनसँग सम्बन्धित मानसिक समस्या मानसिक रोग हो । यो हुनुको कारण मुख्य तय वायोलोजिकल, मानसिक र सामाजिक कारकहरू हुन् । वायोलोजिकल भनेको हाम्रो ब्रेनमा भएका केमिकल तत्त्वहरू जसलाई हामी न्युरो ट्रान्समीटर भन्छौँ, विभिन्न तत्वहरुपनि किताब मार्फत वा गुगल मार्फत पनि हेर्न सकिन्छ । त्यो तत्त्वको ब्यालेन्स नहुनु, गडबड हुनु । कुनै चाहिने तत्त्व कमी हुनु नचाहिने तत्त्व धेरै हुनु त्यही भएर त्यस्तो खालका व्यक्तिहरूलाई हामीले दिएको औषधीले काम गर्छ । अर्को विभिन्न ब्रेनमा रिसेक्टरहरु हुन्छन् । हाम्रो ती कोशिकामा एक खालका रिसेक्टरहरु भन्छौँ, त्यो कोशिकामा रिसेक्टरहरुको पनि ब्यालेन्स नहुनु यसले गर्दा वायोलोजिकल कारण भनेको जैविक कारण भयो ।

अर्को सामाजिक कारण अथवा साइकोलोजिकल कारण त्यो भनेको कुनै कुनै व्यक्तिले बच्चै देखि त्यस्तै वातावरणमा हुर्किएको हुन्छ । तनावलाई उसले आफ्नै तरिकाले झेलेको हुन्छ । उसले त्यो तनाव झेल्ने क्रममा उसको साइकोलोजिकल डिफेन म्याकानिजम अथवा कसरी मनोवैज्ञानिक तरिकाले तनावलाई झेल्छ भन्ने कुरा हामी सबैको फरक फरक हुन्छ । कोही व्यक्तिलाई त्यही सानो समस्याले पनि उसलाई एकदमै छुने खालको हुन्छ । त्यो उसको स्वभाव हुन सक्छ । अथवा उसको साइकोलोजिकल्ली त्यो समस्याको समाधान गर्न सक्ने जित्न सक्ने क्षमतामा आस्थाहीन हुन सक्छ । अर्को सामाजिक कारण यो भनेको जल्दो बल्दो २०२० देखि सुरु भयो कोरोना, त्यस समयमा एउटा गाउँमा एउटा व्यक्ति देख्ने बित्तिकै हामी डराउँथ्यौँ । त्यो कोरोनाबाट हामी यति डरायौँ कि, फोविया भयौँ हामीहरू सबै डरायौँ, त्यो व्यक्ति घर भएको बाटो नै हामी जाँदैनौँ थियौँ, त्यो सामाजिक कारण विभिन्न कारणले वायोलोजिकल, साइकोलोजिकल र सोसल यी तीन ओटै कारणको कारक तत्वहुन सक्छ । त्यो व्यक्तिको के कारक तत्त्व हाबी छ भन्ने कुरा उसको हामीले जब हिस्ट्रि लिन्छौँ, डिटेलमा सोध्छौँ त्यसपछि मात्र थाहा हुन्छ ।

एन्जाइटीका सामान्य लक्षणहरू के के हुन् ?
एन्जाइटीका सामान्य लक्षणहरू भनेको पहिलो विना कारण मुटु ढुकढुक गर्ने, डर लाग्ने, आत्तिने, शरीर थरथर काँप्ने, पसिना आउने, दिमागमा सोच्न नसक्ने, मलाई केही पो भई हाल्छ कि, हटट्याक पो भइहाल्छ कि भन्ने एक खालको मनको त्रास भइराख्छ । मनको त्रास भइसकेपछि शरीर भरि पसिना आउने, लगलग काँप्ने, काममा फोकस हुन नसक्ने, एक छिन मै पिसाब लाग्ला जस्तो दिसा लाग्ला जस्तो हुने, ट्वाइलेट गयो फेरि लागिरहेको हुँदैन, फेरि आयो एक ठाउँमा स्थिर भएर बस्न नसक्ने छटपट छटपट गरी राख्ने यी धेरै लक्षणहरू मध्य केही मुख्य लक्षणहरू यी नै हुन् ।

कस्तो उमेरका व्यक्तिहरूलाई एन्जाइटि, डिप्रेसनको समस्या देखिन्छ ?
एन्जाइटि र डिप्रेसन फरक कुरा हो । एन्जाइटिको बारेमा कुरा गर्दा विभिन्न उमेर समूहका व्यक्तिहरूलाई हुन्छ । बालबालिकाहरूलाई पनि एन्जाइटि हुन सक्छ । आमाबाट अथवा आफ्नो परिवारजनबाट छुट्टिँदा पनि बच्चालाई एन्जाइटि हुन्छ । कुनै पनि उमेर समूह अछुतो रहँदैन । यद्यपि एन्जाइटि सुरुमा ती बच्चाहरूमा त्यति थाहा हुँदैन उनीहरू अल्लि चिडचिडात गर्ने, अल्लि रिसाउने, पढ्न त्यति मन नगर्ने पछि उनीहरूलाई बुझ्दै जाँदा कतिपयलाई एन्जाइटि भइराखेको हुन सक्छ र उमेर समूहमा यही नै भन्ने छैन तर वयस्कहरूलाई ज्यादा देखिन्छ र वृद्ध अवस्थामा पनि उत्ति नै देखिन्छ । यसका कारण भनेको वायोलोजिकल, साइकोलोजिकल र सामाजिक कारण हुन सक्छ ।

डिप्रेसन कस्ता व्यक्तिहरूमा धेरै देखिन्छ ?
डिप्रेसन सबै उमेरका व्यक्तिलाई हुन्छ । अक्सर ४० देखि ५० वर्ष कटिसके पछि डिप्रेसन ज्यादा देखिन्छ । त्यसमा पनि महिलाहरूलाई ज्यादा देखिन्छ । किनभने महिलाहरूमा एक खालको हर्मोनको ब्यालेन्सहरू हुन्छ जस्तै, प्रत्येक मासिक महिनावारी हुने, महिलाहरूले एक खालको दबिएको अवस्थामा कामहरू गरी राख्नु पर्ने, एक खालका सामाजिक दबाबहरू भइराख्ने हुन्छ । यी नै कारणले महिलाहरूमा डिप्रेसन, पुरुषमा भन्दा ज्यादा देखिन्छ ।

एन्जाइटीको उपचार कसरी गर्ने ? एन्जाइटीबाट कसरी बच्ने ?
एन्जाइटीको लागि औषधी प्रयोग गर्न सकिन्छ । अर्को प्रमुख पाटो भनेको दैनिकीलाई आफ्नो जीवनयापन शैलीलाई एकदमै व्यवस्थित गर्नुपर्छ । नियमित व्याम, योगा गर्ने, आवश्यकता अनुसार तरल पदार्थ पिउने, पानी पिउने, साग सब्जीहरू खानुपर्छ । यसले गर्दा हाम्रो स्ट्रेससँग म्यानेजमेन्ट गर्न मद्दत गर्छ । र एन्जाइटिको अति पूर्ण पक्ष भनेको मेडिटेसन गर्ने ध्यान गर्ने, योगा गर्ने र सुरुसुरुमा धेरै गाह्रो हुन्छ । यसको मनोवैज्ञानिक पक्षका रूपले पनि उपचार गर्न सकिन्छ । विभिन्न साइकोलोजिकल, साइकोथेरापी, काउन्सीलिङहरु गर्न सकिन्छ ।

एन्जाइटी हुनै नदिन व्यक्तिले कस्तो कुरामा ध्यान दिनुपर्छ ?
एन्जाइटी बाट बच्नको लागि एक त मेरो स्वभाव कस्तो खालको हो ? जस्तै म लास्ट आवरमा काम गर्न सकिन भने मैले मेरो रटिङलाई व्यवस्थित बनाउनु प¥यो । ताकि कामलाई साँचेर अन्तिम सम्म राख्ने होइन । भनेको हरेक व्यक्तिको स्वभावअनुसार भर पर्छ र कुन कुराले तनाव हुन्छ । त्यो कुरा पहिले नै आफूले आँकलन गरेर त्यसलाई व्यवस्थापन गर्न लाग्यो भने केही हतसम्म रोक्न सक्छ ।

परिवार र समाजको केही भूमिका हुन्छ ?
परिवारको ठुलो भूमिका हुन्छ, किन भने एउटा सर्पोट सिस्टम भनिन्छ नि जुन सहयोगको भावना, बच्चालाई बुझ्ने, व्यक्तिलाई बुझ्ने जति परिवारले बुझ्न सक्छ त्यति बाहिरको व्यक्तिले बुझ्न त सक्दैनन् । बाहिरको मान्छेहरूले यो त मनको कमजोरी हो भनेर धकेल्ने बित्तिकै उसको समस्या समाधान हुँदैन तर त्यति बेला उसलाई एन्जाइटि भएको बेलामा सर्पोट गर्ने, उसलाई हौसला दिने, ठिक भइहाल्छ राम्रो हुन्छ हामी यसको लागि मद्दत गर्छौँ, हामीहरू कसलाई भेट्न पर्ने, तिमि चुप लागेर बस, लामो सास फेर, एक छिन होल्ड गर भनेर सल्लाह दिन सक्नुपर्छ । यी कुराहरूमा परिवारको ठुलो भूमिका हुन्छ ।

मनोरोगबारे सरकारले के गर्नुपर्ला ? सरकारका पहल कत्तिको प्रभावकारी छन् ?
सरकारले अहिले यसमा ध्यान दिइरहेको छ । विभिन्न आत्महत्या न्यूनीकरणहरू जस्ता धेरै कुराहरू गरिरहेका छन् । यद्यपि जनचेतना मूलक कार्यक्रमहरू सरकारले एकदमै गर्नुपर्ने हुन्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको पाठ्यक्रममा डाक्टरहरूले मात्र पढ्ने होइन, मनोरोग सम्बन्धीका समस्याहरूका बारेमा जस्तै मधुमेहको बारेमा, उच्च रक्तचापको बारेमा जनजनलाई, व्यक्तिहरूलाई थाहा छ भने त्यस्तै मानसिक रोग सम्बन्धीका कुराहरूलाई जनचेतना मूलक कार्यक्रमहरू गर्ने पाठ्य पुस्तकहरूमा समावेश गर्ने राज्यको दायित्व हो । जुन गर्नु पर्ने हुन्छ ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?
कोही पनि मानसिक रोगको अछुतो छैन । तपाई हामी सबैको परिवारलाई मनसँग हुन सक्ने रोगहरू लाग्न सक्छ । विश्व स्वास्थ्य सङ्गठनलाई हेर्ने हो भने ४ जना व्यक्ति मध्य एक जना व्यक्तिलाई कुनै न कुनै रूपमा उसको जीवनकालमा मानसिक रोगका लक्षण हुन सक्छन् । ती ४ जना व्यक्तिको घरमा गएर एक जना कसैलाई हेर्ने हो भने कम्तीमा पनि एक जना तत्काल उपचार गर्नुपर्ने हुन्छ भनिएको छ । झन्डै २० देखि २५ प्रतिशतलाई विभिन्न रोगहरू मध्य मानसिक रोग देखा परेको देखिन्छ । यद्यपि हामी उपचार गर्न गइरहेका हुँदैनौ, समयमै उपचार गर्नुपर्छ । कोही पनि भ्रममा पर्नु हुँदैन, यो रोग उपचार गरे निको हुन्छ । आफैलाई व्यवस्थापन गर्न सक्नुपर्छ । तपाईँहरू पनि नजिकको मनोचिकित्सकबाट परामर्श लिनुहोला र यसलाई दुर्व्यवहारको दृष्टिले हेर्नु हुँदैन भन्दै सन्देश दिन चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *