प्रेस विज्ञप्ति
मुनलाईट हाइड्रोपावरले निष्कासन गर्ने साधारण शेयरको लागि लक्ष्मी सनराइज निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त
मकालु खबर
२०८१ कार्तिक ११ गते
काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु.१,७६१,००५,००० रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन्
।
मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत आयोजना निर्माणाधीन गरी हाल ७० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।
मकालु खबर
२०८१ कार्तिक ११ गते
प्रतिक्रिया