सेमिफाइनलमा नेपालले गर्‍यो खेलाडी ‘चेन्ज’

काठमाडौं । नेपालले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा आइतबार साँझ साढे ६ बजे नेपाल र भारतबीच खेल हुन लागेको हो । खेल हुनु अगाडि नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।

मिडफिल्डर सरु लिम्बुको स्थानमा पूजा राना खेल्दैछिन् । पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै बंगलादेश यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

अब नेपाल र भारतबीच हुन लागेको दोस्रो सेमिफाइनल टोलीसंग बंगलादेशले फाइनल खेल खेल्नेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *