साफ महिला च्याम्पियनसिप

नेपालको पोष्टमा भारतले गर्‍यो गोल,नेपालको गोलले पाएन मान्यता

काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा नेपालको पोष्टमा भारतले पहिलो गोल गरेको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । दशरथ रङ्गशालामा जारी खेलमा नेपालको पोष्टमा भारतले पहिलो गोल गरेको हो ।

भारतले गोल गरे लगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोष्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता दिएन ।

खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगितामा फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा सिमित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *