साफ महिला च्याम्पियनसिप

‘पेनाल्टी सुटआउट’मा भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आइतबार साँझ दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई ‘पेनाल्टी सुटआउट’मा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल कार्तिक १४ गते बुधवार हुनेछ ।

अब नेपालले फाइनलमा बंगलादेशसंग भिड्नेछ । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोल मात्रै गरेको हो।

प्रतियोगितामा फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा सिमित भएको थियो ।

नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो  भने भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *