आर्सनलसँग लिभरपुलको रोमाञ्चक बराबरी

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बराबरीमा रोकिएको छ । आइतवार आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल घरेलु टोलीसँग २-२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा आर्सनलका लागिमिकिल मारिनो र बुकायो साकाले समान १ गोल गरे । भ्रमणकारी टोलीका लागि मोहम्मद सलाह र भर्जल भान डाइकले समान १ गोल गरे ।

खेलको नवौं मिनेटमा साकाको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । १८औं मिनेटमा पाहुना टोलीका डाइकले बराबरी गोल फर्काए । ४३औं मिनेटमा मारिनोले आर्सनललाई फेरी अग्रतामा पुर्याए । खेलको ८१औं मिनेटमा लिभरपुलका सलाहले गोल गरे । त्यसपछि कुनै टोलीबाट गोल हुन नसक्दा दुवै टोलीले अंक बाडे ।

लिभरपुल ९ खेलबाट २२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा कायमै छ । पहिलो स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट २३ अंक रहेको छ । पराजित आर्सनल ९ खेलमा १८ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *