एमालेलाई दिइएको जग्गा दानविरुद्धको मुद्धामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । नेकपा एमालेको नयाँ पार्टी कार्यालय निर्माणका लागि कीर्तिपुरमा दानमा दिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा  अन्तरिम आदेश जारी भएको छ ।

पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले छलफलका लागि आउन समेत भनेको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले नेकपा एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *