तिहारको रौनक, बजारमा बढ्यो चहलपहल (तस्बिरहरू)
काठमाडौं । तिहारको रौनक सुरु भइसकेको छ । दसैँ सकिएपछि शान्त रहेको बजार फेरि तिहार नजिकिँदा चलायमान भएको छ ।
अन्य दिनमा खासै भिडभाड नहुने बजार र स्थानमा तिहार नजिकिएसँगै चहलपहल बढ्न थालेको हो ।
तिहारका लागि आवश्यक सामानहरू किनमेल गर्नेहरूको सङ्ख्या बढ्न थालेको हो । काठमाडौँका विभिन्न बजारमा तिहारका लागि समान किनमेल गर्नेहरूको भिड लाग्न थालेको हो ।
काठमाडौँको असन, न्युरोड, भोटाहिटी र इन्द्रचोक लगायतका स्थानमा तिहारका कालागि आवश्यक सामान किनबेच गर्नेको भिड लाग्न थालेको हो ।
तिहारमा प्रयोग हुने भाइमसला, रङ्गोली लगायत फुलमालाहरुले बजारमा सौन्दर्य बढेको छ । यसको साथै किनमेल गर्नेहरूको पनि भिड रहेको छ ।
तिहारमा बालिने झिलिमिली बत्ती, माटोका पालाहरू, भाइटिकामा लगाउने टिका लगायत रङ्गीबिरङ्गी रङ्गोलीहरुले तिहारलाई स्वागत गरिसकेको छ ।
तिहारमा हुने झिलिमिलीले मात्र नभई सामानहरूले पनि बजार झिलिमिली देखिएको छ ।