प्रेस विज्ञप्ति

शेयर खरिद बिक्री गर्न सहज गराउन ‘Offer for Sale-OFS’ Platform सञ्चालनमा

काठमाडौँ । एनआईसी एसिया क्यापिटलले Offer for Sale (OFS)  Platform सञ्चालनमा ल्याएको छ ।

एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका तथा सूचिकृत नभएका कम्पनीहरूको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानुन बमोजिम खरिद बिक्री गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही सेवालाई थप परिष्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरूको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निकै नै कानुनी प्रक्रिया पुरा गर्नुपर्ने देखिन्छ । त्यसै गरी सूचिकृत नभएका पब्लिक कम्पनीहरूको संस्थापक समूहको शेयर समेत कारोवर गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरूबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरिद बिक्रीको लागि One Stop Solution उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एसिया क्यापिटलले Offer for Sale (OFS)  Platform सञ्चालनमा ल्याएको हो ।

जस अन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरूलाई अनलाइन मार्फत Common Platform बाट आफूले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपूर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

Offer for Sale (OFS) Platform को विशेषता देहाय बमोजिम रहेका छन् ।

  • सहज बिक्री प्रक्रिया : संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयर धनीहरूले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपूर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ ।
  • सहज खरिद प्रक्रिया : कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजी दिने कार्य गर्ने छ ।
  • सुरक्षित र गोपनीयता कायम रहने : सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनीयता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रक्रिया अगाडी बढाउनेछ ।
  • सहज र सर्वसुलभ : सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आफूले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाइन मार्फत विवरण उपलब्ध गराउन सक्नेछन् ।
  • खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि Valuation Report उपलब्ध गराइने : सम्बन्धित कम्पनीको Valuation  गरेर संस्थापक समूहको शेयरको खरिद/बिक्री गर्नको लागि उचित प्रति शेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने ।

माथि उल्लेखित सेवा लिनको लागि क्यापिटलको वेभसाईट t www.nicasiacapital.com वा सोझै OFS Platform -https://www.nicasiacapital.com/offer-for-sale मा क्लिक गरी कुन कम्पनीको संस्थापक समूहको शेयर खरिद वा बिक्री गर्न चाहेको हो सोको विवरण रितपूर्वक भरी आवेदन पेस गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै उक्त सेवा लिन तथा सेवा सम्बन्धमा थप जानकारीको लागि क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीलाई मोबाइल नं. ९८५११८४९७९ वा इमेल ठेगाना info@nicasiacapital.com मा सोझै समर्पक गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *