काठमाडौँमा छ्यापछ्याप्ती छन् प्रतिबन्धित प्लास्टिकका फूल र माला (तस्बिरहरू)
काठमाडौँ । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झुन्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरूमा सयपत्री र मखमली फूल मात्रै छैनन् । प्लास्टिकका फूलहरूले पनि बजार ढाकेको छ ।
प्लास्टिकका फूलहरू विक्री वितरण गर्न काठमाडौँ महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका छन् । तर प्लास्टिकका फूलहरू उपत्यकाका विभिन्न पसलहरूमा देख्न सकिन्छ । जो बेच्नका लागि राखिएको छ । किसानहरू फूल विक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरूको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरू छिमेकी मुलुक भारतबाट प्लास्टिक अन्य मखमली एवं सयपत्री फूलहरू ल्याएर बेच्ने गरेका छन् ।
रोक लगाई रहँदासमेत प्लास्टिकका मालाहरू छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ । काठमाडौँ उपत्यकामा व्यवसायीहरूले यसरी प्लास्टिकका फूल र मालाहरू बेचिरहेका सम्बन्धी केही तस्बिरहरू क्यामेरामा कैद गरेका छौँ ।
हेरौँ केही तस्बिरहरू :