साफको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन् ।

साँझ ६ः३० बजेबाट सुरु हुने नेपाल र बङ्गलादेशबीचको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री ओली पनि जाने उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले उपाधि विजेतालाई पुरस्कार पनि वितरण गर्नेछन् ।

सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ । तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन । त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ ।

नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *