एकैदिन २२ सयले बढ्यो सुन, तोलामा १ लाख ७० हजार नाघ्यो
मकालु खबर
२०८१ कार्तिक १४ गते
काठमाडौं । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यस दिन सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।
मकालु खबर
२०८१ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित