कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा जनताले विश्वास गरेका छन् : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीहरूले लोकतन्त्रको पनि संवाहकको रूपमा आफ्नो स्थान बनाएको बताए । उनले कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा जनताले विश्वास गरेको बताए । उनले नेपाल समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको पनि बताए ।
उनले अब समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक भइसकेको बताए । उनले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको बताए । उनले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताए । उनले भ्रष्टीकरणका विरुद्धमा नजुद्धेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्ने बताए ।
उनले भने ‘अब समाजवादी क्रान्तिको चरणमा हामी प्रवेश गरेका छौँ । त्यसअर्थमा समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक छ । त्यो कार्यक्रम हामीले बहस गरेर अघि सारेका छौँ । त्यो नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ रु बहस गरौँ । हामी समाजवादका कुराहरू गरिरहेका छौँ । तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ रु अरू समाजवादी मुलुकको जस्तो हुँदैन । हाम्रो देशको आफ्नै विशेषता छ । यो विशेषतालाई ध्यानमा राखेर हामी समाजवादको आफ्नो मोडेल अघि सार्नुपर्छ । यो बहस र छलफलको विषय बन्नुपर्छ । कम्युनिष्ट पार्टीले यहाँ अवसरहरू पाएको छ । र भुमिका पनि खेलेको छ । त्याग, तपस्या, बलिदानको कीर्तिमान नै कायम गरेको छ । कीर्तिमान कायम गरेको चिज नै हाम्रो पुँजी पनि हो । तर हिजोआज अहिले चरम रूपमा व्यक्तिवाद हाबी भएको छ । स्वार्थी प्रवृत्ति हाबी भएको छ । मलाई, मपाईँ प्रवृत्ति म भन्ने प्रवृत्ति हाबी भएको छ । मैले के पाएँ भन्ने छ । नेपालको राजनीतिमा पनि र कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो । जबसम्म यो भ्रष्टीकरणका विरुद्धमा जुध्दैनौँ हामी, जबसम्म हामी यो भ्रष्टाचारका विरुद्धमा जुध्दैनौँ, जबसम्म जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा चल्दैनौँ हामी, तबसम्म जनताको विश्वास मिल्दैन । कम्युनिष्ट पार्टीहरूले लोकतन्त्रको पनि संवाहकको रूपमा आफ्नो स्थान बनाएको छ । लोकतन्त्रको रक्षा नेपालमा, गणतन्त्रको रक्षा कम्युनिष्टहरुले मात्रै गर्नसक्छन् भन्ने विश्वास छ । अरू पनि होलान् । उनीहरूलाई पनि साथमा लिनुपर्छ । कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा विश्वास गरेका छन् ।’
अध्यक्ष नेपालले समाजवादी क्रान्तिको विषय अब बहस र छलफलको विषय बन्नुपर्ने बताए ।