सरकारले सभापतिको प्रतिष्ठामा आँच पुर्यायो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले पार्टी सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याएको बताएको छ ।
बुधवार पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘सभापति लामिछानेलाई अनुसन्धानको बहानामा निरन्तर हिरासतमा राखेर राज्यको चौथो ठूलो राजनीतिक दलको सभापतिको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउन खोजिएको नियत स्पष्ट देखिन्छ ।’
सरकारले अधिनायकवादी रवैया प्रस्तुत गरी झुठा मुद्धा लगाएर सभापतिलाई गैरकानूनी थुनामा राखेको भन्दै रास्वपाले घोर भर्त्सना समेत गरेको छ ।
सहकारी ठगी मुद्धामा यही कार्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । लामिछाने पक्राउ परेदेखी रास्वपा निरन्तर सडक आन्दोलनमा छ ।
हेर्नुहोस् रास्वपाद्धारा जारी प्रेस विज्ञप्ति