साफ महिला च्याम्पियनसिप

बंगलादेशसंगको फाइनल जित्दै इतिहास रच्ने दाउमा नेपाल,यस्तो छ प्लेइङ ‘एघार’

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगालादेशसंग खेल्दैछ । यसैबीच नेपालले फाइनलमा एक खेलाडी परिवर्तन गरेको‌ छ । सेमिफाइनलमा भारतविरुद्ध खेलमा रातो कार्ड पाएकी रेखा पौडेल‌को ठाँउमा सरु लिम्बु खेल्न लागेकी छन् ।

कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित अन्य १० खेलाडीले भने निरन्तरता पाएका छन् । सरु, एन्जिलासहित पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सावित्रा भण्डारी साम्बा, गिता राना, प्रिती राई, सविता राना मगर र अमिषा कार्की छन् ।

नेपाल र बंगलादेशबीच लगातार दोस्रो पटक फाइनल हुँदैछ । नेपाल छैटौं पटक र बंगालादेश तेस्रो साफ च्याम्पियनसिपको फाइनल खेल्ने तयारीमा छन् । इतिहास रच्ने दाउमा नेपाल छ ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल साढे ६ बजे दशरथ रंगशालामा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *